site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीमाथिको धरपकडले लगानी सम्मेलनमा असर पर्छ : एफएनसीसीआई 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउले लगानी सम्मेलनमा नकारात्मक प्रभाव पर्ने भन्दै यस विषयमा ध्यानाकर्षण गराएको छ । 

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो । सरकारसँग यस्तो विषयमा पटक पटकको छलफलमा व्यवसायीलाई दोषी नभइ पक्राउ गर्न नहुने भन्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । 

“महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ । साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेकोसन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्पm महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, आजै नेपाल उद्योग परिसंघले पनि पत्रकार सम्मेलन गरेर दोषी नभइ नै व्यवसायीलाई धरपकड र पक्राउ गर्न नहुने बताएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro