site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मार्चमा एक लाख २१ हजार विदेशी पर्यटक नेपाल आए
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार ८०० विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार ९०० र फेब्रुअरीमा ९६ हजार ८०० पर्यटक नेपाल आएका थिए ।

मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार ४१२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार ४४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलंकाबाट आठ हजार ८८६ र बेलायतबाट पाँच हजार ९९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार २८७ पर्यटक आएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro