site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग चरणमा पुलिसको शतप्रतिशत जित, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणमा शतप्रतिशत जित निकालेको छ ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ७८ रनको सहज जित निकालेसँगै पुलिस अपराजित बनेको हो ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो । 

सुदूरपश्चिमका गजेन्द्र बोहराले ३० रन बनाए । किरण ठगुन्ना र नरेन साउदले समान २४ रन जोड्दा सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा घातक बलिङ गरेको पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सात विकेट लिए । १० ओभर बलिङ गरेका दीपेन्द्रले चार मेडन फ्याक्दै २० रनमात्र खर्चिए ।

यसबाहेक, सागर ढकाल, ललित भण्डारी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले ४७.५ सबै विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो ।
पुलिसका शंकर रानाले ४६ रन बनाए । कप्तान दीपेन्द्रले ४४ रन थप्दा अर्जुन साउदले ३२ र आरिफ सेखले २६ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए । नारायण जोशी, विकाश आग्री र मिलन बोहराले समान दुई विकेट लिए । दीपक चन्दले एक विकेट हात पारे ।

तालिकाको शीर्ष स्थानमा रहेको पुलिसले जितसँगै नौ खेलबाट १८ अंक जोडेको छ । पुलिसले अब प्रतियोगिताको उपाधिका लागि अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

आर्मीले बिहीबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशविरुद्ध ६८ रनको जित निकाल्दै लिग चरणमा दोस्रो स्थान निश्चित गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले २३.४ ओभरमा सबै विकेट गुमाएर ६४ रनमात्र बनाउन सक्यो । 

प्रतियोगिताको फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुने छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro