site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियालाई हराउँदै इरान क्वार्टरफाइनलमा, अब जापानसँग खेल्ने

काठमाडौं । सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै इरान एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार कतारको अब्दुल्लाह बिन खलिफा रंगशालामा निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो ।

पेनाल्टीमा इरानबाट प्रहारका निम्ति आएका पाँचै खेलाडीले गोल गरे । सिरियाबाट दोस्रो प्रहारका लागि आएका फहाद युसेफले गोल सकेनन् । इरानलबाट सबै खेलाडीले गोल गरेका कारण सिरियाले पाँचौँ पेनाल्टीको अवसर पनि नपाउँदा ५–३ ले पराजित भएको हो ।

त्यसअघि, खेलको ३४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै मेहदी तारेमीले इरानलाई अग्रता दिलाएका थिए । ६४औँ मिनेटमा सिरियाले पनि पेनाल्टी पाएपछि ओमार ख्रिबिनले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए ।

इन्ज्युरी समयमा तारेमीले रातो कार्डको दर्शन गरेपछि इरान १० खेलाडीमा सीमित बनेको थियो ।

योसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अब इरानले सेमिफाइनल प्रवेशका निम्ति प्रतियोगिताको सबैभन्दा सफल टिम जापानसँग खेल्नेछ ।

जापानले बुधबार राति नै भएको खेलमा बहराइनलाई ३–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

क्वार्टरफाइनलमा साविक विजेता कतारले उज्वेकिस्तानसँग खेल्नेछ । अस्ट्रेलियाले दक्षिण कोरिया र जोर्डनले ताजिकिस्तानसँग खेल्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro