site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक, ९० प्रतिशतले गरे बाघ अवलोकन
प्रतीकात्मक तस्बिर ।

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिंगलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको संख्या बढेर १२५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको जानकारी दिए । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक आएकामा अहिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजारको हाराहारीमा पुगेको बताए ।   

अघिल्लो आवको पुस मसान्तसम्ममा आन्तरिक ६ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा यस आवको पुस मसान्तसम्ममा १० हजार पुगेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । 

बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।  

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रका रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, “यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको संख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।” 

प्रमुख संरक्षण अधिकृत रामका अनुसार खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको संख्या बढिरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro