site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पदका लागि पुटिनद्वारा औपचारिक उमेदवारी दर्ता

मस्को । रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उमेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ । 

यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएक ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचन जितेका छन् भने विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरे ।

Dabur Nepal
NIC Asia

केन्द्रीय निर्वाचन आयोगले आफूलाई मनोनयन गर्ने पुटिनका साथै दक्षिणपन्थी तथा पुटिनप्रति बफादार लियोनिद स्लटस्कीलाई निर्वाचनका लागि उमेदवारका रूपमा दर्ता गरेको जनाएको छ । निर्वाचन मार्च १५ देखि १७ सम्म अर्थात तीन दिनसम्म हुनेछ ।

क्रेमलिनका आलोचकहरूका अनुसार निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ कठिन बनाउने बताएका छन् । सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन् ।

अधिकार समूहहरूले विगतका निर्वाचनहरूमा अनियमितता भएको भन्दै स्वतन्त्र पर्यवेक्षकहरूलाई निर्वाचनको अनुगमन गर्न रोक लगाउन सकिने बताएका छन् ।

पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन । उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड (सीमा) पार गरेका छन् । यद्यपि, उनलाई उमेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन । साथै क्रेमलिनले उनलाई गम्भीर प्रतिद्वन्द्वी नमानिएको बताएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro