site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ यू–१९ महिला च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “हाम्रो लक्ष्य च्याम्पियन हुने हो,” बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि बिदाइ कार्यक्रममा बोल्दै नेपाली युवा महिला टिमका प्रशिक्षक बालगोपाल साहुखलले भने ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच ढाकामा आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली टिमलाई बिदाइ गर्‍यो ।

यसअघि भएका चार संस्करणमा प्रतिस्पर्धा गरे पनि हालसम्म उपाधि जित्न सकेको छैन । नेपालले यसअघि सन् २०१८ र २०२३ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरेका थिए । तर, उपाधि जित्न भने सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

२०१८ को फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । २०२३ को संस्करण भने सिंगल राउन्ड रोविन पद्धतिमा भएकाले बंगलादेश शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको थियो । यसअघिका चार संस्करणमध्ये तीन संस्करणको उपाधि बंगलादेशले जित्दा अर्को एक संस्करण भने भारतले जितेको थियो । 

Nepali-Tema-u-191-1706524390.jpg
 

Global Ime bank

निराशजनक इतिहासका बाबजुद आइतबार नेपाली टिमका प्रशिक्षक साहुखलले भने लक्ष्य उपाधि रहेको बताउन कुनै हिचकिचाहट देखाएनन् ।

“उपाधि नै लक्ष्य हो । योसँगै खेलाडीमा फुटबलको ज्ञान अझ बढाउने योजना छ । यो प्रतियोगिताबाट उनीहरूले फुटबलबारे अझ धेरै ज्ञान पाउन् भन्ने छ,” प्रशिक्षक साहुखलले भने, “मैले प्रशिक्षणका लागि पाएको समयमा काम पनि त्यसैमा भएको थियो । खेललाई कसरी नियन्त्रणमा राख्ने भन्नेमा ध्यान दिएका छौँ । खेल नियन्त्रणमा राखे पक्कै पनि नतिजा हाम्रै टिमको पक्षमा आउने छ ।”

उनले प्रशिक्षणका निम्ति समय केही कम पाए पनि टिमको तयारीमा आफू सन्तुष्ट रहेको बताए ।

“लगभग हाम्रो तीन हप्ताको तयारी भयो । समय केही कम भए पनि राम्रो तयारी भएको छ । टिम बनाउन खुला छनोट गर्नुको कारण नै हामीले टिमका शारीरिक रूपमा बलियो रहेका खेलाडी खोज्नलाई हो । खुला छनोटबाट राम्रो खेलाडीहरू पाएका छौँ,” साहुखलले भने, “एक वर्षअघि यू–१६ खेलेका खेलाडी र नयाँ खेलाडी हुँदा सुरुमा तालमेल मिलाउन अफ्ठ्यारो भयो । हामीले खेल्ने अर्गनाइज फुटबलमा घुलमिल हुन उनीहरूलाई केही समय लाग्यो । समय कम भए पनि तयारीमा सन्तुष्ट छु ।”

Nepali-Tema-u-192-1706524391.jpg
 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा कुल सात टिम छन् तर, प्रतियोगिताको यस संस्करणमा भने चार टिमले मात्र सहभागिता जनाउँदै छन् । यसपटक प्रतियोगितामा घरेलु टिम बंगलादेशसँगै भारत, नेपाल र भुटान सहभागिता छन् । यस संस्करणमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाएका छैनन् ।
 
सिंगल राउन्ड रोविन पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा तालिकाको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रशिक्षक साहुखलले प्रतियोगितामा सहभागी सबै टिमको स्तर उस्तै रहेकाले नेपालले उपाधि लक्ष्य भेट्टाउन धेरै गाह्रो नरहेको दाबी गर्छन् ।

“भारतले अर्गनाइज फुटबल खेल्छ । उनीहरू हामीभन्दा धेरै माथि छैनन् । बंगलादेश एग्रेसिभ फुटबल खेल्छन् । भुटानले पनि राम्रो गरिरहेको छ । सबै टिमको स्तर उस्तै भएकाले त्यति गाह्रो छैन,” उनी थप्छन् ।

नेपाली टिम ललितपुरकी सारा बज्राचार्यको कप्तानीमा बंगलादेश जाँदै छन् । कप्तान सारा पनि टिमले तयारीका लागि पर्याप्त समय नपाएको स्वीर्काछिन् । तर, उनी पनि प्रशिक्षक साहुखल जस्तै नेपाली टिमले उपाधिसहित फर्किने दाबी गर्छिन् ।

captain-sara-1706524391.jpg
 

“तयारीको समय कम भए पनि हामीले धेरै सुधार गर्ने मौका पायौँ । नेपाल उपाधि दाबेदार हो । भारत, भुटान र बंगलादेश राम्रो टिम भए पनि यसपटक उपाधि ल्याउने लक्ष्य राखेका छौँ,” कप्तान साराले भनिन् ।

नेपालले फेब्रुअरी २ मा घरेलु टिम बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल नेपालले फेब्रुअरी ४ मा भुटानविरुद्ध खेल्नेछ । 

यस्तै, नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ८ मा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय