देश
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सहभागी हुन विद्यालयहरूसँग प्रस्ताव माग गरेको छ । ६८७ विद्यालयलाई तीन शीर्षकमा अनुदान दिने गरी प्रस्ताव मागिएको हो ।
यसअन्तर्गत मन्त्रालयले भौतिक पूर्वाधार विकास, सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय र प्राविधिक धारका विद्यालय विस्तार शीर्षकमा कार्यक्रम सञ्चालन गर्नेछ ।
मापदण्ड पुगेका विद्यालयलाई यही माघ २५ गतेभित्र सम्बन्धित स्थानीय तहमा प्रस्ताव पेस गर्न मन्त्रालयले सूचित गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १६:०४
प्रतिक्रिया दिनुहोस्