site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेवाग्राहीसँग आठ हजार घुस लिने प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको खडैचास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि प्रयोजनका निम्ति ल्याइएको युरिया मलसहित बरामद मोटरसाइकल छुटाइदिने भन्दै भण्डारीले घुस मागेको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro