अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनचाँदी तीन दिनदेखि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।
आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० १०:४९
प्रतिक्रिया दिनुहोस्