site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलाउँदै गरेको शव खोलाले बगायो, मलामी सकुशल : प्रहरी
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । रामेछापमा जलाउँदै गरेको शव लिखु खोलाले बगाएको छ । शनिबार उमाकुण्ड गाउँपालिका–१, बाल्दिङ गुम्देलका ३२ वर्षीय झपटबहादुर थापाको शव खोलाले बगाएको प्रहरीले जनाएको छ ।

लिखु–२ हाइड्रोपावरनजिक क्षेत्रमा सो घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ । “सद्गत गर्ने क्रममा शव बगाएको हो,” रामेछाप प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर रञ्जनकुमार गिरीले बाह्रखरीसित भने, “खोजीकार्य भइरहेको छ ।”

घटनामा अरू कसैलाई केही नभएको उनले बताए । मलामी सबै सकुशल रहेका उनले जानकारी दिए ।

उनका अनुसार, घटना भएको स्थान रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा पर्छ । रामेछापसँगै सोलुखुम्बु प्रहरी र स्थानीयले समेत शवको खोजीकार्य गरिरहेको उनको भनाइ छ ।

घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । लिखु–२ आयोजनाको ड्याम नखोलिएको उनले जानकारी दिए ।

“प्राविधिक समस्या, नटबोल्टमा के गडबडी भएर पानी ओभरफ्लो भयो भन्ने सूचना छ,” प्रहरी निरीक्षक गिरीले भने, “हाइड्रोपावरको ड्याम खोलियो भन्ने होइन । थप भोलि (आइतबार) थाहा हुन्छ ।”

प्रहरीका अनुसार, शुक्रबार मृत्यु भएका थापाको शव पोस्टमार्टमपछि दाहसंस्कार गर्न लगिएको थियो । उनले आत्महत्या गरेको खुलेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro