site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले
फाइल तस्बिर ।

दमौली । सांसद डा. स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ–१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए ।

शनिबार तनहुँ उद्योग वाणिज्य संघको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले भने, “सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसंगति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । त्यसका निम्ति राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा. वाग्लेले आफ्नो पार्टी अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरे । उनले भने, “हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ, तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठिक छ वा छैन भनेर सोध्छौँ ।”

डा. वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिए । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भने, “सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीको वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्ने बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भए मात्र मुलुक बन्न सक्ने बताए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गरे । यस्तै, मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता जनाए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro