देश
काठमाडौं । धुनषाको मिथिला नगरपालिका–९, लालगढीस्थित चित्रा आयल स्टोर्सको करिब १० लाख रुपैयाँ लुटिएको छ ।
पेट्रोल बिक्री गरेको रकम महोत्तरीको बर्दिबासस्थित बैंकमा जम्मा गर्न जाँदा बीच बाटोमै लुटिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिप गिरीका अनुसार मंगलबार मोटरसाइकलमा पेस्तोलसहित आएका समूहले स्टोर्सका कर्मचारी ध्रुव बस्नेतलाई पेस्तोल देखाउँदै लुटपाट गरेका हुन् ।
प्रहरीले लुटपाट गर्ने समूहको खोजी तीब्र पारेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १८:१४
प्रतिक्रिया दिनुहोस्