site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एल्लो फिभर’को खोप अब टेकु अस्पतालबाट 

काठमाडौं । ‘एल्लो फिभर’विरुद्धको खोप अब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दिइएको छ ।  

शुक्रराज ट्रपिकलले माघ २ गतेबाट यो खोप सेवा सुरु गरेको हो । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाट दिइँदै आएको खोप शुक्रराजबाटै दिन थालिएको अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले बताए । एनपीएचएलमा भने यो खोप कार्यक्रम बन्द गरिएको छ । 

सरकारी तवरबाट एनपीएचएलले सुलभ शूल्कमा उपलब्ध गराउँदै आएको सो खोप निजी स्वास्थ्य संस्थामा आठ हजारसम्म पर्ने गरेको छ । एनपीएचएलले तीन हजार ६ सय रुपैयाँ प्रतिखोप उपलब्ध गराउँदै आएको थियो । 

विश्व स्वास्थ्य संगठनले ४२ भन्दा बढी देशलाई एल्लो फिभरको जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । जसमध्ये २० अफ्रिकी र एक अमेरिकीसहित हाल २१ वटा देशले अन्तरराष्ट्रिय यात्रुलाई एल्लो फिभरको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेका छन् । 

शान्ति सेनामा जाने नेपाली सेनासहित दैनिक १० देखि २० जनाले एनपीएचएलबाट सो खोप सेवा लिँदै आएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro