site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा एकैदिन २४ इजरायली सैनिक मारिए  
तस्बिर : एएफपी ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् । योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ ।

सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका छन् । हमासविरुद्ध सैन्य अभियान जारी राखेको इजरायललाई सोमबारको दिन घातक बनेको जनाइएको छ ।

हजारीका अनुसार, इजरायली सेना रहेको भवनमा हमासले रकेट आक्रमण गर्दा उनीहरू मारिएका हुन् । घटनाबारे जानकारी लिने कार्य भइरहेको उनले जनाएका छन् ।

गएको अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ ।

हमासको आक्रमणमा परी अक्टोबर ७ मा एक हजार ३०० इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायली सेनाले गरेको आक्रमणमा हालसम्म २५ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro