site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताजिकिस्तान पहिलो सहभागितामै नकआउट चरणमा

काठमाडौं । रोमाञ्चक खेलमा लेबनानलाई २–१ ले हराउँदै ताजिकिस्तान पहिलो सहभागितामै एएफसी एसियन कपको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति कतारको जासिम बिन हमाद रंगशालामा भएको खेलमा अन्तिम १० मिनेटसम्म ताजिकिस्तान १–० ले पछि थियो । तर, निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा पारर्भिज्डजोन उमारबाइभले गोल गर्दै ताजिकिस्तानलाई बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयमा नुरिद्दिन खाम्रोकुलोभले गोल गरेपछि ताजिकिस्तानले समूह ‘ए’को दोस्रो स्थानमा रहँदै अन्तिम–१६ को यात्रा तय गरेको हो ।

त्यसअघि, खेलको ४७औँ मिनेटमा बासेल ज्रादीको गोलमा लेबनानले अग्रता बनाएको थियो । ५८औँ मिनेटमा कासेम अल–जेनले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि लेबनान १० खेलाडीमा समेटिएको थियो ।

सोमबार राति नै भएको अर्को खेलमा कतारले चीनामथि १–० को जित दर्ता गर्‍यो । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टिमलाई जित दिलाउन ६६औँ मिनेटमा हसन अल–हायदोसले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको कतार शीर्ष स्थानमा रहँदै अन्तिम–१६ मा प्रवेश गर्‍यो । समान खेलबाट दुई अंकको चीन तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro