site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
६ महिनामा दुई लाख २८ हजारभन्दा बढी घरजग्गा किनबेच
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा दुई लाखभन्दा बढी घरजग्गा किनबेच भएको छ ।

चालु आवको साउनदेखि पुससम्म दुई लाख २८ हजार चार घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । त्यसबापत १८ अर्ब २७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको साउनमा ३९ हजार २६३ लिखत पारित भएको थियो । त्यसबापत दुई अर्ब ९१ करोड चार लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । त्यसबापत तीन अर्ब चार करोड ५९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

Global Ime bank

यस्तै, असोजमा ३९ हजार ८८१ लिखत पारित हुँदा चार अर्ब आठ करोड ६६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कात्तिकमा २६ हजार ४६ लिखत पारित हुँदा दुई अर्ब १६ करोड ३८ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मंसिरमा ४१ हजार ८५१ लिखत पारित हुँदा दुई अर्ब ८६ करोड ५० लाख ११ हजार र पुसमा ४५ हजार २७७ लिखत पारित हुँदा तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement