site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिनी ट्रक’ दुर्घटनामा दुईजनाको मृत्यु

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।  

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro