site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका जहाजमा देखिएका समस्याबारे समितिमा छलफल हुँदै 

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलगायत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्याका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

Dabur Nepal
NIC Asia

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चका विषयमा छलफल हुनेछ । 

मन्त्रालसँग सम्वन्धित गुनासा र समाधानका लागि भएका प्रयासको विषय पनि बैठकको कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अध्ययनबाट देखिएका विषयहरूको प्रारम्भिक अध्ययन प्रतिवेदनका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो साढे १२ बजे बस्नेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro