site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन महिनादेखि शोभा भगवतीको बन्द कोठामा कुहिँदै थियो सोफिनाको शव
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू शोभा भगवतीस्थित सरिता गिरीको दुईतले घरको पश्चिमतर्फको एउटा कोठा तीन महिनादेखि बन्द थियो ।

आफू अर्कै घरमा बस्ने गिरी परिवारले शोभा भगवतीको त्यो पूरै घर भाडामा लगाएको थियो । त्यसमध्ये एक कोठामा तनहुँकी ५१ वर्षीया सोफिना मियाँ भाडामा बस्थिन् । गिरी परिवारलाई सोफिनाको स्थायी ठेगानाबारे केही थाहा थिएन ।

भाडामा बस्ने सोफिनाले श्रीमान् विदेशमा रहेको जानकारी घरधनीलाई गराएकी थिइन् । त्योबाहेक सोफिनाबारे उनीहरूलाई कुनै जानकारी थिएन । त्यही सोफिना बस्ने कोठा बन्द थियो । घरभेटी गिरी परिवारलाई लागेको थियो– श्रीमान् विदेश गएको महिला गई होलिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, दुई महिना बित्दासमेत उनी घरभेटीको सम्पर्कमा आइनन् । लामो सयम सम्पर्कमा नआएपछि गिरी परिवारले प्रहरीलाई खबर गर्‍यो ।

त्यो बेलासम्म कोठाको भित्रबाट अस्वाभाविक दुर्गन्धसमेत फैलिसकेको थियो । ३ माघमा घरभेटीको आग्रहपछि प्रहरी वृत्त स्वयम्भुका डिएसपी पूर्णीमा चन्द नेतृत्वको टोली नै पुगेको थियो ।

Global Ime bank

तर, प्रहरीले कोठाको ढोका फोडेर हेर्दा दृश्व फरक देखियो । बाहिर चाबी लगार सम्पर्कविहीन भएको आशंका गरेर ढोका फोडेर हेरेको प्रहरीले सडेगलेको अवस्थामा महिलाको शव फेला पार्‍यो ।

बाहिरबाट चाबी लागेको अवस्थामा भित्र शव फेला परेपछि प्रहरीलाई उनको हत्या भएको हुन सक्ने आशंका गर्न गाह्रो भएन् । प्रहरीले ३ माघ देखि नै उनको हत्या आशंकामा अनुसन्धान थाल्यो ।

प्रहरीले उनले प्रयोग गर्ने फोन भेटाएन । तर, उनको कोठामा कागजमा लेखिएको एउटा मोबाइल नम्बर फेला पर्‍यो । काठमाडौं प्रहरी परिसरको टोलीले त्यही मोबाइल नम्बरबाट अनुसन्धान थाल्यो ।

तर, मोबाइल नम्बर मधेस प्रदेशको बारा पुगेर अफ गरिएको थियो । अनुसन्धान जटिल हुने त्रासमा प्रहरी थियो ।

यसरी खुल्यो हत्याको रहस्य

मोबाइल नम्बरबाट हत्याको अनुसन्धान थालेको प्रहरी बारासमेत पुगेको थियो । तर, आशंका गरिएका व्यक्तिले नम्बर अफ गरेर फोनसमेत बारामा बिक्री गरेर भागेको खुल्यो ।

प्रहरीले त्यही बाराबाट अफ गरिएको मोबाइलबाट कालिमाटीका एक गार्मेन्ट सञ्चालकलाई फोन गरेको रेकर्ड पत्ता लगायो । त्यही गार्मेन्टबाट फेला पारेको प्रमाणले प्रहरीले सफिनाको कोठामा भेटिएको नम्बर भारतीय नागरिक इमरान उलहक अन्सारी रहेको पुष्टि गरेको हो ।

प्रहरीले अनुसन्धान अगाडि बढाएकै बेला अन्सारी सोफिनाको हत्या गरेर भारत पुगेर फेरि नेपाल फर्किसकेका थिए । त्यो सूचनासमेत प्रहरीले त्यही गार्मेन्टबाट पायो । पहिला काम गर्ने गार्मेन्टबाट भने उनले काम छाडिसकेका थिए ।

तर, प्रहरीले अन्य कुनै गार्मेन्टमै काम गरेको आंशका गर्दै काठमाडौंका विभिन्न गार्मेन्टमा अन्सारीको खोजी तीव्र पार्‍यो । त्यही क्रममा उनलाई काठमाडौं प्रहरीको विषेश टोलीले कालिमाटीको बीएन गार्मेन्टबाट पक्राउ गरेको हो ।

हत्याको कारण प्रेम र विवाद !

प्रहरीका अनुसार तनहुँकी सोफिना र भारतीय नागरिक इमरान उलहक अन्सारी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुवै बिवाहित महिला पुरुष हुन् ।

दुई सन्तान र श्रीमती रहेका अन्सारी ९ वर्षदेखि काठमाडौंका विभिन्न गार्मेन्टका काम गर्दै आएका थिए । उता श्रीमान्‌सँग सम्बन्ध बिग्रेपछि सोफिना तनहुँबाट काठमाडौं आएकी थिइन् ।

काठमाडौंको नरदेवीको एक घरमा कोठा भाडामा लिएर बस्न थालिन् । त्यहीँ अन्सारी पनि बस्थे । उनीहरूको चिनजान नरवेदीमा एक्कै घरमा बस्दा भएको थियो ।

त्यहीबाट सुरु भएको उनीहरूको सम्बन्ध प्रेममा बदलियो । एक वर्षदेखि भने उनीहरूले शोभा भगवतीमा कोठा भाडामा लिएर सँगै बस्न थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अन्सारी र सोफिना एक वर्षदेखि सँगै बस्दै आएको र आपसी विवादकै कारण हत्या गरेको खुलेको बताए ।

प्रहरीको अनुसन्धानले उनीहरूसँगै बस्न थालेपछि विवाद सुरु हुन थालेको र त्यही विवादको कारण कार्तिक पहिलो साता हत्या गरेको गरेको खुलाएको छ ।

अत्यधिक मदिरा सेवन गर्ने अन्सारी हत्यालगत्तै भागेर भारत पुगेको र फेरि नेपाल फर्किएपछि उनी पक्राउ परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement