site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सात खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विभिन्न देशबाट सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्म नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा व्यापार घाटा २.६२ प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्म व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ थियो ।

गत वर्षको तुलनामा आयात ३.०९ प्रतिशतले घटेको छ । निर्यात ७.२३ प्रतिशतले घटेको छ । विभागका अनुसार, गत वर्षको पुस मसान्तसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको थियो । सो अवधिसम्म नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement