site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुस्सु र कुहिरो : सवारी चलाउँदा यी कुरामा ध्यान दिनुहोस्
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशको तराई धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु र कुहिरो लागेको समयमा सवारी दुर्घटना हुने गरेको छ । त्यस समयमा सवारी चलाउँदा विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ । निम्न उपाय अपनाउन सकिन्छ :

– सवारीसाधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गर्नुपर्छ ।

– भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारीसाधन अनियन्त्रित हुनसक्छ, त्यसैले सवारीको गति कम गर्नुपर्छ ।

– सामुन्नेको सवारीसाधन र आफ्नो सवारी साधनबीचको दूरी सामान्य अवस्थाभन्दा बढी राख्नुपर्छ ।

– सवारी साधन चलाउँदा मोबाइल फोन वा ट्यावको प्रयोग गर्नुहुँदैन ।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro