site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महिनावारी स्वास्थ्यमा समस्या : के के कारणले देखिन्छ ?

काठमाडौं । महिला स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो हो, महिनावारी स्वास्थ्य । पछिल्लो समय महिलाहरूमा महिनावारी अनियमिततासँगै उमेरअनुसार विभिन्न समस्याहरू बढ्दै गएको पाइन्छ ।

अस्पताल आउने महिलाहरूमा देखिने स्त्रीरोगमध्ये झन्डै २० प्रतिशत महिनावारी अनियमितता र यससँग सम्बन्धित विभिन्न समस्या रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांक छ । बदलिँदो जीवनशैली, तनाव र खानपानले पनि यस्ता समस्या निम्त्याइरहेको विशेषज्ञहरू बताउँछन् ।

आकस्मिक गर्भनिरोधका साधनको बढ्दो प्रयोगले पनि महिनावारी स्वास्थ्यमा समस्या बढाएको विभिन्न अध्ययनहरूले देखाएका छन् । महिनावारीको समय पछि सर्ने, महिनावारी हुँदा बाहेकका दिनमा पनि रक्तस्राव हुनेजस्ता समस्या पनि आकस्मिक तथा लामो समयसम्म प्रयोग गरिने परिवार नियोजनका साधनको कारण निम्तिने समस्या हुन् ।

भर्खरै महिनावारी सुरु भएका बालिकाहरूमा प्रजनन् प्रणली परिपक्व नभइसकेका कारण धेरै दिनसम्म रक्तस्राव भइरहने, बीच बीचमा रक्तस्राव हुने वा केही महिनाको अन्तरमा मात्रै महिनावारी हुनेजस्ता समस्या देखिनसक्छन् ।

तर, उमेर बढ्दै जाँदा यस्ता समस्या हराएर जाने गर्दछन् । त्यस्तै, प्रजनन्योग्य उमेरका महिलामा डिपो, नरप्लान्ट, पिल्सजस्ता परिवार नियोजनका साधन प्रयोग गर्नेहरूमा महिनावारी अनियमितता हुनसक्छ । स्तनपान गराइरहेका महिलामा पनि अनियमित रूपमा सक्तस्राव हुनसक्छ ।

तर वयस्क उमेरका महिलाहरूमा पाठेघरमा मासु पलाएको वा अन्य केही समस्याले पनि अनियमित रक्तस्राव गराउनसक्ने पाइएको छ । मोटोपना भएका महिलामा भने पुरुष हर्मोन बढी देखिने भएकाले उनीहरूमा महिनावारीबारे अनियमितता हुने गरेको पाइएको छ । स्वस्थ महिनावारीका लागि खानपानमा विशेष ध्यान पुर्‍याउनु र मोटोपना घटाउनु प्रमुख उपाय हुन् ।

(स्त्रीरोग विशेषज्ञ डा. सन्देश पौडेलसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro