site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयुमेन हुसैन नायक बन्दा सर्वाधिक सफल जापानविरुद्ध इराकको जित

काठमाडौं । एएफसी एसियन कपमा इराकले जापानविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको छ । 

शुक्रबार कतारको इजुकेशन सिटी रंगशालामा सम्पन्न खेलमा प्रतियोगिताकै सबैभन्दा सफल टिमविरुद्ध जित दिलाउन इराकका आयुमेन हुसैनले नै दुवै गोल गरे । जापानका वाटरु एन्डोले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको पाँचौँ मिनेटमा हुसेनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा हुसेनले नै इराकको अग्रता दोब्बर बनाए । 

खेलको इन्जुरी समयमा एन्डोले गोल गर्दै खेल रोमाञ्चक बनाए पनि जापानको हार टार्न सकेनन् ।

प्रतियोगितामा जापानको यो पहिलो हार हो । जितसँगै दुई खेलबाट ६ अंक जोडेको इराक प्रिक्वार्टरफाइनल प्रवेश गरेको छ । समान खेलबाट तीन अंक जोडेको जापान तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिताको इतिहासमा हालसम्म सबैभन्दा धेरै उपाधि जितेको जापान चारपटकको च्याम्पियन हो । यस्तै, इराकले पनि सन् २००७ को संस्करण जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro