अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्