site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जसले ३२ वर्षअघि १६ हजार रुपैयाँमा महिला बेचेका थिए

काठमाडौं । मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । 

Dabur Nepal
NIC Asia

ब्युरोका अनुसार तामाङले पीडित महिलालाई ब्रुनाई आश्वासन दिएर २०४७ साल चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याएका थिए । तामाङले पीडितका श्रीमान् ब्रुनाईमा रोजगारीमा रहेका बेला 'तिम्रो श्रीमान्‌ले ब्रुनाई ल्याइदिन भनेर मलाई चिठ्ठी पठाएको' बताएर झुक्याएका थिए ।

त्यसपछि उनले पीडितलाई पश्चिम बंगालको बागडोग्रा भारतीय नागरिकलाई बेचबिखन गरेका थिए । बेचबिखनका क्रममा उनले पीडितलाई एक अनजान व्यक्तिको घरमा पुर्‍याएका थिए । उक्त घरका दुईजना अपरिचित भारतीय नागरिकको जिम्मा छाडेर आफू भोलि आउने बताएर तामाङ छोडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तामाङले भारतीय नागरिकबाट १६ हजार (भारु १० हजार) रुपैयाँ लिएर पीडितलाई बेचेको खुलेको ब्युरोले जनाएको छ ।

बेचबिखनमा संलग्न भारतीय नागरिकले पीडितलाई रिक्सामा राखेर लैजाने क्रममा पीडित रिक्साबाट हाम फालेर नजिकैको भारतीय प्रहरीको सम्पर्कमा गएकी थिइन् । भारतीय प्रहरीले काकरभिट्टा ल्याएर छोडिदिएको थियो ।

उनै तामाङलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको हो । ब्युरोबाट खटिएको टोलीले बुधबार ललितपुर महानगरपालिका–१४ स्थित तिखेदेवलमा पक्राउ गरेको हो । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास भइरहेको ब्युरोले जनाएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro