site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘प्रोफिट बुक’को चापमा बजार, नेप्सेसँगै घट्यो कारोबार रकम 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । साताको चार कारोबार दिनमा लगातार दुई दिन उच्च अंकले बढेको बजार दुई दिन घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ७.२४ अंकले घटेर बन्द भएको छ । आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो बुधबारको तुलनामा एक अर्ब ५९ करोड रुपैयाँले कारोबारमा कमी हो ।

Argakhachi Cement Island Ad

बुधबार नेप्से परिसूचक १२ अंकले घटेको थियो भने नौ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो । गत मंगलबार भने आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

परिसूचक २१५५.८२ विन्दुमा बन्द भएको छ । लगानीकर्तामा २२ सयको मनोवैज्ञानिक असर पर्दा बजार करेक्सन हुन पुगेको हो । पछिल्लो एक वर्षमा पाँच पटक बजार २२ सय विन्दु पार गरेर फर्किएको छ । त्यसैले लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ लागेका छन् । २२ सय विन्दुमा केही समय बजार टिक्न सके बढ्न सक्ने विश्लेषण गरिएको छ ।

यसदिन ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्