देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित एकजना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
टंगालबाट खटिएको आयोगको टोलीले बनेपा नगरपालिका–९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीबाट घुस लिएको अख्तियारको दाबी छ ।
उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० २१:२४
प्रतिक्रिया दिनुहोस्