site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरेश रजकको शव परिवारले बुझे, शिक्षण अस्पतालदेखि नयाँ बजारसम्म शवयात्रा

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन् । 

बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ । 

यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

घटनाको पाँचौँ दिन पोस्टमार्टमपछि शिक्षण अस्पताल, नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजारसम्म शवयात्रा गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro