site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डम्पिङसाइटमा भेटियो नवजात शिशुको शव
प्रतीकात्मक तस्बिर ।

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । 

फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुंगेलले बताए ।

वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ ।

“आजै उठाइएको फोहरमा शव रहेछ,” वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”

इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अंक बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro