site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केपी ओली कपमा दुई विदेशी टिम सहभागी हुने, फाइनलमा मात्रै टिकट

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेशी टिमले सहभागिता जनाउने भएका छन् ।

आयोजक नेकपा (एमाले) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा १० टिमले सहभागिता जनाउने र त्यसमध्ये दुई टिम विदेशका हुने बताएको हो । आयोजकका अनुसार प्रतियोगितामा दुई विदेशी, एक आयोजक र सात टिम सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लबहरूको सहभागिता हुनेछ । 

Dabur Nepal
NIC Asia

“भारत र भुटानका गरी चार–पाँच ओटा टिमलाई सहभागिताको निमन्त्रणा पठाएका छौँ । सबै क्लबले सकारात्मक प्रतिक्रिया दिएका छन्,” संघका अध्यक्ष क्षितिज थेवेले भने, “त्यसमध्ये दुई टिमलाई प्रतियोगितामा सहभागी गराउनेछौँ । प्रतियोगिामा विदेशका दुई, आयोजक केपी एफसी र सात घरेलु क्लब गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।”

अध्यक्ष थेवेले कुन–कुन विदेशी टिम हुनेछन् भन्नेबारे भने तय भइनसकेको बताए । यस्तै, उनले प्रतियोगिताको फाइनलबाहेकका सबै खेल दर्शकका लागि निःशुल्क रहेको बताए । फाइनल खेलका लागि भने टिकेटिङ पार्टनरको लागि संघले खल्तीसँग सम्झौता गरेको छ । फाइनल खेलको टिकट मूल्य भने खुलाइएको छैन । संघले अन्तिम खेलको टिकटबाट उठेको रकममध्येको पाँच प्रतिशत सहयोग गर्ने समेत घोषणा गरेको छ ।

‘केपी ओली कप’को दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदान र सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने छ । फाइनल खेल भने दशरथ रंगशालमा हुनेछ । 

प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले पाँच लाख रुपैयाँ पाउने छ । यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ ‘म्याच मनि’ पाउने छ ।

यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro