site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनआरएनएद्वरा कोसी प्रदेशमा मोबाइल ब्लड बस हन्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोसी प्रदेशको धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । 

धरानमा बुधबार एक कार्यक्रम गरी एनआरएनएले सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो ।

Dabur Nepal
NIC Asia

७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस एनआरएनएका अध्यक्ष डा. बद्री केसी र कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण  गरेका हुन् । 

ब्लड बस हस्तान्तरणमा कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले गैरआवासीय नेपालीहरूलाई कोसी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोसी प्रदेशमा लगानीका प्रशस्त सम्भावना रहेको बताउँदै समृद्ध कोसीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न प्रस्ताव गरेका थिए । 

कार्यक्रमलाई गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरू सक्रिय रहेको बताए । 

विदेशीहरूको लगानीभन्दा गैरआवासीय नेपालीहरूको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो । उनले कोसी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको जनाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro