site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घोराही सिमेन्ट्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । गएको शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशतका बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिकूलताका बाबजुद घोराही सिमेन्टले आव २०७९/८० मा ६ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको सभामा जानकारी गराइएको थियो । आव २०८०/८१ को मंसिरसम्म एक अर्ब ४२ करोड २५ लाख रुपैयाँबराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिए ।

कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाख रुपैयाँ छ । हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड रुपैयाँ छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro