site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय कृषक समूह महासंघ कोसीले प्रदेश सरकारलाई बुझायो ३८ बुँदे ध्यानाकर्षणपत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ कोसी प्रदेशले कोसी प्रदेश सरकारलाई ३८ बुँदे ध्यानाकर्षण गराएको छ । खस्कँदो बजार, रोग र सरकारको बेवास्ताका कारण दुग्ध, अर्थोडक्स चिया, अलैँची खेती, तरकारी र अन्नबालीको पछिल्लो अवस्था विकराल बन्दै गएको भन्दै महासंघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका प्रदेश अध्यक्ष कुसुम दाहालसहितको प्रतिनिधिमण्डलले आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई ध्यानकर्षणपत्र बुझाएको छ । महासंघले दुग्ध र दुग्धजन्य व्यवसाय करिब एक वर्षदेखि समस्यामा रहेको जनाएको छ ।

यस्तै, खेतबारी मासेर लगाएको हरियो चियापत्तीको मूल्य महिनौँदेखि कृषकले नपाएको महासंघको गुनासो छ । प्रदेशमा अलैँचीको ७५ प्रतिशत बगान मासिएको महासंघले जनाएको छ ।

“यो मुलुककै लागि चुनौतीको विषय हो । तर, यतातर्फ सरकारको ध्यान नपुगेको हाम्रो ठहर छ । तीन तहको सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

महासंघले भारतबाट आयात गरिने दुग्धपदार्थभन्दा सस्तोमा दुग्ध उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका निम्ति खोप अभियान तीव्र बनाउन माग गरेको छ ।

यस्तै, चियामा देखिएको समस्या समाधान गर्न, किसानको हरियो चियाको मूल्य भुक्तानी र अलैँची रोग व्यवस्थापन तथा बजार विस्तारमा सहजीकरण गर्न ध्यानाकर्षण गराइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro