राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज सचिवालय बैठक बोलाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा पार्टीको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १०:१७
प्रतिक्रिया दिनुहोस्