site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सर्वाधिक सफल टिम जापानको विजयी सुरुआत

काठमाडौं । एएफसी एसियन कपमा प्रतियोगिताकै सबैभन्दा सफल टोली जापानले विजयी सुरुआत गरेको छ । आइतबार भएको समूह ‘डी’को खेलमा जापानले भियतनामविरुद्ध ४–२ को रोमाञ्चक जित निकालेको हो ।

कतारको दोहास्थित अल गुमामा रंगशालामा भएको खेलमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले दुई गोल गरे । यस्तै, केइतो नाकामुरा र अयासे युइदाले समान एक गोल गरे । भियतनामका एन्गुएन डिन्ह बाक र फाम तुएन हाइले गोल फर्काएका थिए ।

खेलको ११औँ मिनेटमा मिनामिनोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर, जापानको यो अग्रता लामो समय टिक्न सकेन । त्यसको पाँच मिनेटपछि नै डिन्ह बाकले गोल गर्दै भियतनामलाई खेलमा फर्काएका थिए । ३३औँ मिनेटमा तुएन हाइले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा मिनामिनोले नै गोल गरेपछि जापान खेलमा फर्किएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा नाकामुराले गोल गर्दै जापानलाई ३–२ को अग्रता दिलाएका थिए । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा युइदाले गोल गरेपछि जापानले ४–२ को जित सुनिश्चित गरेको हो ।

जितसँगै तीन अंक जोडेको जापान तालिकाको शीर्ष स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको भियतनाम तालिकाको पुछारमा छ । यो समूहमा जापान र भियतनामसँगै इन्डोनेसिया र इराक छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro