देश
काठमाडौं । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मधुवन नगरपालिका–४, वसन्ता भुल्लनचोककी ८७ वर्षीया चिन्की थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ३ बजे आफ्नै घरको बरन्डामा आगो ताप्ने क्रममा उनको मृत्यु भएको हो । उनले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो ।
घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० १४:५८
प्रतिक्रिया दिनुहोस्