site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युक्यासलविरुद्ध सिटीको रोमाञ्चक जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासलविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति न्युक्यासलको मैदान सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, केभिन डी ब्रुयना र ओस्कार बबले गोल गरे । घरेलु टिमका एलेसान्डर इसाकर एन्टोनी गोर्डोनले गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

२६औँ मिनेटमा सिल्भाले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । तर, ३५औँ मिनेटमा इसाकले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि नै गोर्डोनले गोल गरेपछि न्युक्यासलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

७४औँ मिनेटमा डी ब्रुयनाले गोल गर्दै पुनः सिटीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा ओस्कार बबले डी ब्रुयनाकै पासमा गोल गरेपछि सिटीले न्युक्यसालमा ५२ हजार १९० दर्शकमाझ ३–२ को रोमाञ्चक जित निकालेको हो ।

Global Ime bank

जितसँगै २० खेलबाट ४३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्रपछि छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४५ अंक छ ।

यता, २१ खेलबाट २९ अंक जोडेको न्युक्यासल भने तालिकाको १०औं स्थानमा छ । न्युक्यासल तालिकाको शीर्ष चारभन्दा ११ अंकले पछि छ ।

लिगमा शनिबार राति नै भएका अन्य खेलमा चेल्सीले फुलहमविरुद्ध १–० को कठिन जित निकाल्दा लुटोन टाउन र बर्न्लीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !