site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोइलाखानी दुर्घटना हुँदा चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता
तस्बिर : एपी ।

झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइलाखानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता रहेका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइलाखानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटना हुँदा त्यहाँ ४२५ कामदारले काम गरिरहेको जानकारीमा आएको छ । तीमध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइलाखानी सञ्चालकलाई सार्वजनिक सुरक्षा अधिकारीले हिरासतमा राखेका छन् ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयबाट खटिएको कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको संख्या यकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ ।

उद्धार कार्य अझै जारी छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro