site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

बाँके । लुम्बिनी प्रदेश सरकारका सहरी विकासमन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन् ।

आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिइन् । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको उल्लेख गरिन् ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ घाइतेमध्ये एकजना ‘डिस्चार्ज’ भएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचाररत १२ घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro