site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा आँधीका कारण दुई हजारभन्दा बढी उडान रद्द
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

सिकागो । अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौँ यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ ।

विमानस्थल प्रशासनले दिएको विवरणानुसार, आँधीका कारण अहिलेसम्म दुई हजारभन्दा बढी उडान रद्द भएको छ । दुई हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएको छ । सिकागोकै मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ ।

यस्तै, डेनभर अन्तर्राष्ट्रिय र मिल्वौकी मिचेल अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार, ७३७ म्याक्स ९ विमान ‘ग्राउन्डेड’ भएका कारण रद्द हुनुले पनि यो संख्यामा वृद्धि भएको हुनसक्छ ।

Global Ime bank

संघीय उड्डयन प्रशासन (एफए)ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यो साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएको छ । एफएए र बोइङले अझै पनि निरीक्षण ‘प्रोटोकल’मा सम्झौता गर्ने प्रयास गरिरहेका छन्, जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ ।

यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाई आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ ।

अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC