site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ज्याला मजदुरी गर्नेमा लागुऔषध समस्या बढ्दो, विद्यार्थीको संख्या पनि उच्च

धरान । सुनसरीको धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागुऔषधको समस्या बढिरहेको पाइएको छ । अघिल्ला तीन आर्थिक वर्षको तथ्यांक तुलना गर्दा लागुऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

बेरोजगार युवा र विद्यार्थीको संख्या पनि बढिरहेको पाइएको छ । आव २०७७/७८ मा लागुऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८/७९ मा ३६ र आव २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए । 

Dabur Nepal
NIC Asia

बेरोजगार युवामा आव २०७७/७८ मा पाँचजना र आव २०७८/७९ मा दुईजना पक्राउ परेकामा आव २०७९/८० मा २२ जना पक्राउ परेका थिए । 

लागुऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको संख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुई/दुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९/८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् । प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९/८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको संख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९/८० मा एकजना मात्र पक्राउ परेका थिए । 

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मंसिरसम्ममा लागुऔषधका ५० मुद्दा दर्ता भएका छन् । जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आव २०८०/८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् । 

आव २०७९/८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आव २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए । आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागुऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro