site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारी महासंघको निर्वाचनमा सत्ता गठबन्धन सहभागी नहुने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू सहभागी नहुने भएका छन् । शनिबार हुने निर्वाचनमा सत्ता गठबन्धनको पक्षबाट उमेदवारी नदिइने नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

कांग्रेस र माओवादीको पक्षबाट भएको पत्रकार सम्मेलनमा उनले आफूहरू निर्वाचनमा सहभागी नहुने जानकारी गराएका हुन् ।

उमेदवारी दर्ताको समय शुक्रबार साँझ ६:३० बसेसम्म तोकिएको छ । अहिलेसम्म अध्यक्षमा हालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको उमेदवारी परेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्