site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंसिरमा महँगी घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको  मंसिरमा मुद्रास्फीति (महँगी) ४.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार गत वर्षको तुलनामा महँगी घटेको हो ।

गत आर्थिक वर्षको मंसिर महिनामा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।

मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैरखाद्य तथा सेवा
समूहको मुद्रास्फीति ४.८४ प्रतिशत छ ।

गत वर्षको मंसिर महिनाकै तुलनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १३.६६ प्रतिशत, तरकारीको मूल्य ८.३७ प्रतिशत र मासु तथा माछाको मूल्य ०.१३ प्रतिशतले घटेको छ ।

मंसिर महिनामा काठमाडौं उपत्यकाको मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ ।

गत वर्षको मंसिरमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ६.५६ प्रतिशत, तराईको ८ प्रतिशत, पहाडको ७.३२ प्रतिशत र हिमालको ६.४८ प्रतिशत थियो।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro