अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका, व्यवसायको वृद्धि, दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराइएको थियो । विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्