site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डोरिभाल जुनियर ब्राजिलको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । पाँचपटकको फिफा विश्वकप विजेता ब्राजिलको मुख्य प्रशिक्षकमा डोरिभाल जुनियर नियुक्त भएका छन् ।

डोरिभल यसअघि ब्राजिलको घरेलु टोली साओ पाउलोको जिम्मेवारीमा थिए । राष्ट्रिय टिमको जिम्मेवारीमा आउने भएपछि डोरिभालले घरेलु टिमको प्रशिक्षण छोडेका हुन् ।

गएको आइतबार साओ पाउलोले विज्ञप्ति जारी गर्दै डोरिभालले राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने जनाएको थियो । ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गरेको थियो ।

ब्राजिलले मुख्य प्रशिक्षकमा इटालीका कार्लो एन्सेलोट्टीलाई ल्याउने प्रयास गरे पनि उनले रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका थिए । एन्सेलोट्टीलाई ल्याउने प्रयास विफल भएपछि डोरिभाललाई रोजाइमा राखिएको थियो ।

६१ वर्षीय डोरिभलको प्रशिक्षणमा ब्राजिलले पहिलो प्रतिस्पर्धा युरोपियन राष्ट्र इंग्ल्यान्ड वा स्पेनसँग मैत्रीपूर्ण खेलमार्फत गर्नेछ । ब्राजिल हाल विश्वकपको दक्षिण अमेरिकी छनोट तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro