site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्न सिफारिस
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालु चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० को प्रदेशसभामा पेस गर्ने, कोसी प्रदेश कर तथा गैर करसम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानुनमन्त्री शम्शेर राईले बताएका छन् । 

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राईले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्