site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’  जारी भइ पाँच दिनभित्रै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का १९ वर्षीय किरण राई छन् । उनी रेड नोटिस जारी भएको पाँच दिनभित्रै पक्राउ परेका छन् । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका हुन् । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएपछि उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement