site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सभामुख लिने राप्रपाको निर्णय, अरू दल छलफलमा
कांग्रेस कोसी प्रदेश संसदीय दल बैठकको दृश्य ।
SkywellSkywell

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन दलहरूको बैठक जारी छ । कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक बसेको हो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) दलको बैठक पनि बसिरहेको छ ।

Dabur Nepal
NIC Asia

कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिने सांसद अमृत अर्यालले जानकारी दिए ।

राप्रपाले भने दलीय सहमतिका आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मंगलबार बिहान बसेको बैठकबाट सो निर्णय गरिएको एक सांसदले बताए ।

बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापासहित पदाधिकारी समेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।

एमाले बैठकमा पनि सभामुखका विषयमा छलफल गरिने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

आजै बस्ने संसद् बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro