site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्राजिलको मुख्य प्रशिक्षक बन्दै डोरिभाल जुनियर 

काठमाडौं । पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिलको मुख्य प्रशिक्षण डोरिभाल जुनियरले सम्हाल्ने भएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएअनुसार साओ पाउलोको जिम्मेवारीमा रहेका डोरिभालले घरेलु क्लबको जिम्मेवारी त्याग्दै राष्ट्रिय टोली सम्हाल्ने भएका हुन् । साओ पाउलोले आइतबार एक विज्ञप्ति जारी गर्दै जुनियरले राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने जनाएको छ । 

यसअघि ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको खोजी सुरु गरेको थियो । ब्राजिलले टिमको मुख्य प्रशिक्षकमा इटालीका कार्लो एन्सेलोट्टीलाई ल्याउने प्रयास गरे पनि उनले रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका थिए । 

एन्सेलोट्टी ल्याउने प्रयास विफल भएपछि डोरिभाल जुनियरलाई रोजाइमा राखेको हो । साओ पाउलोले एक्समा प्रशिक्षक डोरिभाल ब्राजिलको राष्ट्रिय टिमको जिम्मेवारीमा जान लागेको जनाएको छ । 

“साओ पाउलो प्रशिक्षक डोरिभल जुनियरले क्लब छोडेको घोषणा गर्दछ । जसले ब्राजिलको राष्ट्रिय टिमका लागि क्लबको जिम्मेवारी त्याग्न आग्रह गरेका थिए,” क्लबलको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro